दफा
अनधिकृत मानिसले गर्न नपाउने र गरेमा सजाय

कसैले कुनै आवश्यक वस्तुमा अरूलाई लगाई वा आफैले हात हाल्न, झिक्न, चुंडाल्न र कुनै किसिमले बिगार्न, चोरीगर्न, गर्न लगाउन हुँदैन । सो गरे गर्न लगाए ऐन सवालले हुने सजायको थप बिगो र बिगो बमोजिमको दण्ड हुनेछ जरिवाना वा दुबै हुनेछ ।

तर बनाउन मरमत गर्नकोलागि धनीबाट अधिकार प्राप्त व्यक्तिले चोरी बाहेक अरू माथि लेखिएका काम गरेमा निजलाई बात लाग्दैन भवितव्य पर्न गै कुनै आवश्यक वस्तुको नोक्सान हुन गएमा सो कुराको खबर मोफसलमा भए नजिकको कुनै सरकारी अड्डामा र सदरमा भए जिल्ला प्रशासन कार्यालयमा दियो भने यस दफा अन्तर्गतको कसूरदार हुँदैन । नोक्सानी गरेको बिगो भने बुझाउनै पर्छ ।